कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Nisharg hospital

२० माघ, धनगढी । कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

Dhangadhi suchana

जिल्लाको गोदावरी नगरपालिका ६ को लालपुरका ६१ वर्षीय यज्ञराज साउदललाई बन्दुकसहित पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्रबहादुर पालले जानकारी दिए ।

उनकाअनुसार साउदलाई पलास्टिकको कट्टामा बन्दुक बोकेर बसन्तपुरतर्फ गइरहेको भन्ने सूचनाका आधारमा सोही ठाउँको बसन्तपुर महिला सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...