म फरार थिएन, अपहरणको शैलीमा बाटोमा समातियोः अरुण चौधरी

Nisharg hospital

धनगढीः निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीले १० बर्ष पहिले भएको फैसलाबारे आफूलाई जानकारी नभएको बताएका छन्। आज जिल्ला अदालत कैलालीमा बयान दिएर कारागार फर्किँदै गर्दा उनले आफू फरार नरहेको र न्यायका लागि अपिल गरेको बताएका हुन्।

‘मैले न्याय पाउनु पर्छ। मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन। हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए’ उनले भने, ‘म कैलाली आउँदै थिए। मलाई अपहरणको शैलीमा बाटोमा समातियो।’

Navjiwan hospital adv

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो। उनले आफूलाई उक्त फैसलाबारे जानकारी नभएको आज अदालतलाई समेत बयान दिएका थिए।

उनले आज उच्च अदालत दिपायलमा भएको बहसले आफ्नो मुद्धा किनारा लाग्ने बताए।

 

याे पनि हेर्नुस्
Loading...