एमालेमा समाहित भए समाजवादीका विद्यार्थी नेता खड्का, रानाले गरे स्वागत

Nisharg hospital
Navjiwan hospital adv

२१ फागुन, धनगढी ।  नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज कुबेर खड्काले नेकपा एमाले प्रवेश गरेका छन्। खड्काले एकीकृत समाजवादी र समाजपादी निकट विद्यार्थी संगठन त्गागेर आइतवार एमाले प्रवेश गरेका हुन्।

उनलाई एमालेका पोलिट्व्युरो सदस्य तथा पार्टी कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले स्वागत गरेका थिए। एमाले नै विद्यार्थीहरुको लागि लड्ने पार्टी र संगठन भएकोले आफू एमालेका आएको खड्काको भनाइ छ। उनी नेकपा विभाजनका बेला समाजवादीमा लागेका थिए।

 

याे पनि हेर्नुस्
Loading...