अब रोज्ने पालो हाम्रो, एक नम्बर मन्त्रालय लिन्छौं : राजेन्द्र पाण्डे

Nisharg hospital

३ चैत, काठमाडौं । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले रोजेको मन्त्रालय लिएर आफ्नो दल सरकारमा जाने बताएका छन् ।

Dhangadhi suchana

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताए । माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको भन्दै उनले भने, ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामी रोजा मन्त्रालय, एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’

गृहतर्फ संकेत गर्दै उनले रोजेको मन्त्रालय लिने र डेभलपमेन्ट र सर्भिस समेत गरेर ३ वटा मन्त्रालय लिएर सरकारमा जाने बताए । यद्यपि ककसलाई सरकारमा पठाउने, कसको नेतृत्वमा जाने भनेर पार्टीमा कुनै छलफल नभएको पाण्डेले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...