धनगढीमा ५६ हजारको वेवारिसे समान भेटियो

Nisharg hospital

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रहरीले ५६ हजार रुपैयाँ बराबरको अवैध समान वेवारिसे अवस्थामा फेला पारेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ र वडा नम्बर ३ बाट बिहीबार ५६हजार बराबरको वेवारिसे अवस्थामा अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Dhangadhi suchana

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले धनगढी उपमहानगरपालिका– २ को वडा कार्यालय नजिकैबाट भारतबाट भन्सार छली ल्याएको २७ हजार रुपैयाँ पर्ने समान बरामद गरिएको जानकारी दिए ।

उनकाअनुसार ४५ वटा, ३ डिब्बा अचार, ४ पोका ललीपप, सुपरपावर सुर्ती लगायतका समान बरामद गरिएको हो । वडा नम्बर ३ को मिलन चोकबाट भारतबाटै भन्सार छली ल्याएको २९ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

५ पोका किसोरी गुट्का, ५ पोका पवन सुर्ती, ५ पोका फाईवर छिल्ली, ५२ वटा बोतल वाला मिठाई, १० किलो चिनी लगायतका समान बरामद गरिएको हो । दुवै स्थानबाट बरामद गरिएका समान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...