कैलालीमा गठबन्धन : कहाँ कुन पार्टीको दाबी ? क्षेत्र नं.४ मा मन्त्री सोडारीको नजर

सत्तारुढ गठबन्धनको सिट बाँडफाँड

Nisharg hospital

७ भदौ, धनगढी । सरकारले अगामी मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलका नेता चुनाव केन्द्रीत गतिविधिमा सक्रिय भएका छन् ।
कैलालीमा पनि प्रदेशसभा र प्रतिनिसभामा चुनाव लड्ने मुडमा रहेका नेताहरु चुनाव केन्द्रीत गतिविधिमा सक्रिय बन्न थालेका छन् । उनीहरु मध्ये उम्मेदवार बन्ने दौडमा भएका नेताहरुले आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ सुरु गरेका छन् ।

pradesh helath nirdesanalaye
gauriganga

खासगरी सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलमा भने धेरै नेता आकांक्षीका रुपमा देखिएका छन् । गठबन्धनमा हुने भागबण्डाका क्रममा आफूले दाबी गरेको निर्वाचन क्षेत्र कुन पार्टीले पाउँछ ? भन्ने आशंकाकाबीच पनि नेताहरु टिकटका लागि दौडधुप गर्न थालेका छन् ।

कतिपय नेताहरु भने गठबन्धनबीचको भागबण्डा मिलेपछि बल्ल थप गतिविधिमा थाल्ने पक्षमा देखिएका छन् । यद्यपी उनीहरुले आन्तरिक तयारी भने जारी राखेका छन् । प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० सिट रहेको कैलालीमा प्रतिनिधिसभामा भने सत्तारुढ गठबन्धनमा आवद्ध प्रमुख तीन दलबीच भागबण्डा हुने देखिन्छ ।

प्रदेशसभामा जनता समाजवादी पार्टीलाई पनि भाग दिने तयारी रहेको नेताहरु बताउँछन् । कैलालीमा प्रतिनिधिसभाका ५ वटा निर्वाचन क्षेत्रमा गठबन्धनका प्रमुख ठूला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच भागबण्डा गर्न सकस हुने देखिएको छ ।

नेपाली कांग्रेसले प्रतिनधिसभाका (१, ४ र ५) तीन वटा, नेकपा माओवादी केन्द्रले (२ र ३) दुई वटा र नेकपा (एकीकृत समाजवादी) ले कांग्रेसले दाबी गरेको निर्वाचन क्षेत्र नम्बर ४ मागेको छ । तर कैलालीमा गठबन्धन कायम राख्न प्रतिनिधिसभाका तीन सिट आफूले पाउनुपर्ने नेपाली कांग्रेसको माग छ ।

नेपाली कांग्रेसले दाबी गरेका तीन मध्ये १ र ५ निर्विकल्प पाउने भएपनि क्षेत्र नम्बर ४ मा समाजवादी पार्टीले दाबी गरेपछि भागबण्डामा सकस पर्ने देखिएको छ । यस्तो अवस्थामा नेकपा माओवादी केन्द्रले एउटा क्षेत्र छाड्नुपर्ने अडान लिने कांग्रेस नेता बताउँछन् ।

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले चुनाव लड्ने कैलाली–४ पूर्व राज्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता दीर्घराज भाट र नेकपा (एकीकृत समाजवादी) का नेता एवंम् सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री दीर्घबहादुर सोडारीको पनि क्षेत्र हो ।

समाजवादीबाट सोडारी आफै प्रतिनिधिसभा सदस्यको टिकटको दौडमा छन् । स्थानीय तहको चुनावमा अन्य क्षेत्रको तुलनामा यहाँ समाजवादीको प्रभाव देखिएको छ । त्यसकारण पनि समाजवादी पार्टीले यही निर्वाचन क्षेत्र पाउनुपर्ने दाबी गरेको छ । तर पूर्व राज्यमन्त्री भाटसहितका कांग्रेस नेताहरु भने कुनै पनि हालतमा यो क्षेत्र समाजवादीलाई नदिने पक्षमा उभिने स्रोतको दाबी छ ।

नेकपा माओवादी केन्द्रले पनि कैलालीका पाँच मध्ये दुई सिट आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । क्षेत्र नम्बर २ र ३ आफ्नो प्रभाव क्षेत्र भएका कारण पनि जसरी पनि पाउनुपर्ने अडान माओवादी नेताहरुको छ । प्रतिनिधिसभाको सिट बाँडफाँडको विषयले अन्तिम रुप पाएपछि मात्र प्रदेशसभाको भागबण्डा गर्ने गठबन्धनका नेताहरुको भनाइ छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भागबण्डाका विषयमा केन्द्रीय स्तरमा छलफल भइरहेकाले अहिले यस्तै हुन्छ भन्न नसकिने बताउँछन् । ‘भागबण्डाका क्रममा कांग्रेसले प्रतिनिधिसभाका तीन वटा क्षेत्रमा पाउनुपर्छ भन्ने आवाज उठ्न थालेको कुरा साँचो हो तर कुन–कुन क्षेत्र भन्ने अहिले नै भन्न सकिदैन,’ सुनारले भने ।

नेकपा माओवादी केन्द्र कैलालीका संयोजक लाजुराम चौधरीले भने प्रतिनिधिसभाको (२, ३ ) नम्बर क्षेत्र आफूहरुले पाउनुपर्ने माग रहेको बताए तर सिटको अन्तिम निर्णय भने गठबन्धनमै आवद्ध दलहरुसँगको छलफलका आधारमा लगाइने उनी बताउँछन् । समाजवादी पार्टीले भने प्रतिनिधिसभामा क्षेत्र नम्बर ४ र प्रदेशसभामा थप तीन गरेर चार वटा सिट पाउनुपर्ने माग अघि सारिएको जनाएको छ ।

गत बैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा पाँच निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेस (३, ४ र ५) तीन वटा, नेकपा एमाले (२) र नागरिक उन्मुक्ती पार्टी (१) एक-एक क्षेत्रमा पहिलो दल बनेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...