कैलालीकाे अत्तरियामा लागुऔषधसहित ३ युवक पक्राउ

Nisharg hospital

धनगढी । कैलालीकाे अत्तरियाबाट  लागुऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले डडेल्धुराकाे पर्शुराम नगरपालिका- ११ घर भएर अत्तरियामा डेरा गरि बस्ने खडक बिष्ट र आलीताल गाउँपालिका ६ का विष्णु बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dhangadhi suchana

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले शंका लागी चेकजाँच गर्दा खडकको साथबाट  २ ग्राम ८० मिलीग्राम र बिष्णुको  ७० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) बरामद गरिएकाे जानकारी दिए ।

उनकाअनुसार  गोदावरी नगरपालिका – २ बस्ने दिलिप कडायतलाई पनि पक्राउ गरिएको छ । उनकाे साथबाट ९६५ मिलीग्राम लागुऔषध बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...