कैलालीमा बाढी बस्तीमा पस्यो, ५ सय घर डुबे

Kailali hospital
Nisharg hospital

२३ साउन, धनगढी । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएका बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घरधुरी प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले विभिन्न नदीको पानी बस्तीमा पस्दा छ वटा स्थानीय तहमा मानवीय क्षति नभएपनि घरहरु डुबानमा परेको जानकारी दिए । जोशीकाअनुसार खुटिया नदीको पानी बस्तीमा पस्दा धनगढी उपमहानगरपालिका–१५ को कनरीमा १४ घर, काडा र कान्द्रा नदीको बाढिले भजनी नगरपालिका–२, ३,५,७ र ८ नम्बर वडामा गरेर साढे दुुई सय घर डुबानमा परेका छन् ।

कैलारी गाउँपालिका–७ का विभिन्न बस्तीमा कटैनी नदीको पानी पस्दा डेढ सय घरधुरी र जोशीपुुर नगरपालिकाका विभिन्न बस्तीमा काडा नदीको बाढीले ५६ घरधुरी प्रभावित भएका छन् । गोदावरी नगरपालिकाको खैराना खोलाको बाढीले एउटा पसल डुबेको छ भने चुुरे गाउँपालिका–५ को गोपालेमा पहिरोले अवरुद्ध भएको बाटो खुुलेको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढीले प्रभावित भएका घर परिवारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुुक्त रुपमा सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

याे पनि हेर्नुस्
Loading...