१०२ पटक रक्तदान गरेका पत्रकार उपाध्याय सम्मानित

Nisharg hospital

धनगढी । दिनेश फाउन्डेसनले हालसम्म १०२ पटक रक्तदान गर्ने पत्रकार दिपक उपाध्यायलाई सम्मान गरेको छ । फाउन्डेसनले आयोजना गरेको ११ औं वृहत् रक्तदान कार्यक्रममा रक्तदान उपाध्यायलाई सम्मान गरिएको हो ।

swostik

मङ्गलवार गरिएको रक्तदान कार्यक्रममा फाउन्डेसनका अध्यक्ष श्याम हमालले पत्रकार उपाध्यायलाई नगद ५१ हजार सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सुदूरपश्चिममा उपाध्यक्षले हालसम्म सर्वाधिक १०२ पटक रक्तदान गरेको चर्चा गर्दै हमालले दिने रक्तदानबाट धेरैले जीवन दान प्राप्त गर्ने भएकाले दिनेश फाउन्डेसनले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।

उनले फाउन्डेसनले हरेक वर्ष एक सय पिन्टभन्दा बढी रगत नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्दै आएको बताए । यो वर्ष ११ औं पटकको रक्तदानबाट दुई सय पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष हमालले बताएका छन् ।

यो समयमा बिरामीलाई रगतको आवश्यकता बढी हुने भएकाले हरेक वर्ष दिनेश फाउन्डेसनले साउनमा रक्तदान गर्दै आएको छ। पत्रकार उपाध्याय रक्तदान गर्न चाहने व्यक्तिका लागि प्रेरणाको स्रोत भएको भन्दै रक्तदान गर्न चाहने व्यक्तिलाई हौसला पुगोस् भनेर सम्मान गरिएको अध्यक्ष हमालले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...