कैलालीको गोदावरीमा भाँसिएको सडक मर्मत गर्न कति समय लाग्छ ?

Nisharg hospital

धनगढी । अविरल वर्षाका कारण कैलालीको गोदावरी नगरपालिका–४ को बुढितोलामा सडक भाँसिएर अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन । गोदावरीको भ्यागुते पानीको पहिरो पछ्याउन समय लागेका कारण भाँसिएको सडक मर्मतका लागि पुग्न नसक्दा अझै सञ्चालन हुन नसकेको हो ।

सोही कारण राजमार्ग सञ्चालनमा आउन कति समय लाग्छ ? भन्ने कुरा यकिन भएको छैन । सडक भाँसिएर राजमार्ग अवरुद्ध भएको ठाउँमा पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरी सुवेदीको टोली पनि प्रभावित क्षेत्रमा आइरहेको जानकारी दिए ।

प्रजिअ कडेलले प्राविधिकहरुले अवस्था निरीक्षण गरेपछि मात्र सडक मर्मत गर्न कति समय लाग्छ भन्ने कुरा यकिन हुने बताए । डिभिजन सडक कार्यालयका प्रमुखले आफुु सडक भाँसिएको ठाउँमा गइरहेकाले अवस्था निरीक्षण गरेपछि मात्र बताउन सकिने जनाए ।

बुढितोलामा गएको पहिरोका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लासँगको सडक सम्पर्क टुटेको छ । पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जसका कारण यात्रुहरु समेत अलपत्र परेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...