कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता

Kailali hospital
Nisharg hospital
Navjiwan hospital adv

जनकपुरधाम । धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार छन् ।

जिल्ला प्रहरी कार्यालय धनषाका प्रहरी निरीक्षक बिक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे दम्पतीलाई नदीले बगाएको हो । कमला ब्यारेज नजिक नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा दुबैजनालाई बाढीले बगाएको र खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक साहले बताए ।

 

याे पनि हेर्नुस्
Loading...