कैलालीमा पहिराले अवरुद्ध राजमार्ग खाेल्न चार डाेजर प्रयाेग, साँझसम्म एकतर्फी चल्ने

Kailali hospital
Nisharg hospital

धनगढी । कैलालीमा अविरल वर्षासँगै आएको पहिराेले अवरुद्ध भएकाे भीमदत्त राजमार्ग अझै सुचारू हुन सकेकाे छैन् ।

गाेदावरी नगरपालिका-४ काे बुढिताेलामा साेमबार राति आएकाे पहिराेसँगै करीब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएकाे राजमार्ग सञ्चालन हुन नसकेकाे हाे ।

डिभिजन सडक कार्यालयले पहिराे पन्छ्याउने काम जारी रहेपनि पहिराे आउने क्रम नराेकिएपछि समस्या भएकाे जनाएको छ । मंगलबार राति साेही ठाउँमा फेरि पहिराे गएकाे छ ।

Navjiwan hospital adv

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चार वटा डाेजरकाे प्रयाेग गरेर दुवैतर्फबाट पहिराे पन्छ्याउने काम भइरहेको बताए । सुवेदीले सडक भाँसिएकै क्षेत्रमा मंगलबार राति पनि पहिराे गएकाे बताउँदै बुधबार बिहानैदेखि पुन: पन्छयाउन थालिएको जानकारी दिए ।

उनलेे बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । तर वर्षा र पहिराे खस्ने क्रम नराेकिएमा भने केही समस्या हुने बताइएको छ । साेमबार राति गएको पहिराेका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाकाे सडक सम्पर्क टुटेकाे छ ।

यसैबीच मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पहिराे गएकाे राजमार्गकाे स्थलगत निरीक्षण गरेका छन् । शाहले निरीक्षण गर्दै पहिराे पन्छ्याएर राजमार्ग चाडाे भन्दा चाडाे खुलाउन निर्देशन दिएका छन् ।

त्यसअघि मंगलबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलसहितका जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरूले पनि राजमार्गकाे निरीक्षण गरेका थिए ।

याे पनि हेर्नुस्
Loading...