धनगढीमा गर्भपन गर्ने औषधी खुवाएर महिलाको हत्या गरेको भन्दै प्रहरी कार्यालय घेराउ !

Nisharg hospital

धनगढी । गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरिएको छ ।

Navjiwan hospital adv

धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकले जथाभावी गर्भपतन गर्ने औषधी खुवाएर धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको भन्दै पीडित पक्षले प्रहरी कार्यालय अगाडी प्रर्दशन गर्दै घेराउ गरेको हो ।

उनीहरुले क्लिनिक सञ्चालकलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । बिहिवार बिहान क्लिनिकमा गर्भपतन गर्न गएकी थापालाई क्लिनिकले औषधी दिएको थियो । औषधी सेवनपछि उच्च रक्तस्राव भएर सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममै मृत्यु भएको थियो ।

प्रहरीले मेडिकल सञ्चालक २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...