
धनगढी । अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका–८ चण्डिका काटैका बस्ने ७२ वर्षीय टेकबहादुर कुँवरको बिहीवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई माहुरीले बाख्रा चराउन जंगल गएका बेला टोकेको थियो । माहुरीले टोकेर गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
