धनगढी । कञ्चनपुरको बेलौरीमा भएको दुर्घटनामा युवती घाइते भएकी छन् । घाइते हुनेमा बेलौरी नगरपालिका–८ बस्ने २६ वर्षीया निशा राना रहेकी छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार निशाले चलाएको सुुपप्र ०१००११ प २५८५ नम्बरको स्कुटरलाई मनोज चौधरीले चलाएको से ७ प८२५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट खुट्टा भाचिएकी युवतीको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको छ ।