धनगढी। बझाङको सेती नदीमा बगेर युवक बेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम नदीमा बगेर बेपत्ता भएकाे प्रहरीले जनाएको छ ।
बम बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए ।
बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगर स्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनकाे खाेजी भइरहेको छ ।
<span;>
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- प्रतिक्रिया