
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम लागुऔषध नियन्त्रणका लागि भन्दै सचेतनामुलक र्याली निकालिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर समितिले शनिबार बिहान धनगढीमा सचेतनामुलक र्याली निकालेको हो ।

नेविसंघले धनगढीको चौराहादेखि पार्कमोडसम्म र्याली निकालेको थियो । र्यालीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, स्थानीय जनप्रतिनिधि, सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) भरत बोहरा लगायतको सहभागिता रहेको थियो । लागुऔषध विरुद्धको र्याली धनगढीको पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै मुख्यमन्त्री शाहले भने अहिलेका युवाहरू लागुऔषधमा फसेकाले त्यसको न्यूनीकरण गर्नुपर्ने बताए। यस्तै लागुऔषध कम गर्न प्रदेश सरकार युवाहरुसंग हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री शाहले प्रतिबद्धता गरेका छन् ।