
धनगढी । धनगढीमा सार्वजनिक विदा(शनिबार) का दिन स्थानीय प्रशासनबाट अनुमती नलिएर चलाइएका सरकारी सवारीसाधन अनेरास्ववियुले नियन्त्रणमा लिएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले आज दिनभर धनगढीमा बिदाको दिन पनि सवारी चलाएर दुरुपयोग गर्नेहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बिदाको दिन पनि सरकारी सवारीसाधन चलाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै सवारी र चालकलाई लिइएको बताए । जिल्ला प्रशासनबाट चिट नकाटेर अनावश्यक काममा हिंडेका १ दर्जन बढी सवारीलाई नियन्त्रणमा लिएर पहिलोपटकका लागि सम्झाईबुझाई छाडिएको उनले बताए ।
सुशासन कायम गराउन अनेरास्ववियुले यस्तो गरिरहेको जनाएको छ । उसले धनगढीको सहिद गेट लगायतका क्षेत्रमा चेकिङ गरिएको छ ।