बैतडी समाज कैलालीद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ११८ जनाले रगत दिए

Nisharg hospital

धनगढी ।बैतडी समाज कैलालीले आयोजना गरेको खीर खाने तथा रक्तदान महोत्सवमा ११८ जनाले रक्तदान गरेका गरेका छन । शनिबार १० जना महिला सहित ११८ जनाले रक्तदान गरेको संयोजक राज बहादुर चन्दले जानकारी दिए ।

बैतडी समाज कैलाली वर्षको दुुई पटक बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । बर्खाका बेला विरामीको चाप बढी रहेकाले समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समाजले आयोजना गरेको यस पटकको यो ११ औं रक्तादान कार्यक्रम हो । समाजले आयोजना गर्दै आएका रक्तदान कार्यक्रममा रक्तदान गर्नेको संख्या १ हजार २३ पुुगेको समाजका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

Navjiwan hospital adv

बैतडी समाज कैलाली रगतको अभावका भएका बेला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ समाजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

‘यसपाली पनि रक्तदान र खीर खाने कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ३ सय बढीले खीर खाएर रमाईलो गरे भने ११८ जनाले रगत दान गरे’ अध्यक्ष भट्टले भने । बैतडी समाज कैलालीले हरेक वर्ष बैतडीका ग्रामीण र दुर्गम भेगमा स्वास्थ्य शिविरको पनि आयोजना गर्दै आएको छ । यसअघि समाजले बैतडीको पाटन र मेलौलीमा दुई वटा बृहत स्वास्थ्य शिविरको आयोजना सम्पन्न गरिसकेको छ ।

बैतडीको पाटनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३२ सय जना र मेलौलीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ५७ सय ६० जनाले स्वास्थ्य जाँच गराएका थिए ।

याे पनि हेर्नुस्
Loading...