कञ्चनपुरमा राष्ट्रिय युवा संघकाे अधिवेशनमा वडाध्यक्ष कुटिए, ८ जनाविरुद्ध उजुरी

Nisharg hospital

धनगढी । कञ्चनपुरमा राष्ट्रिय युवा नेपालकाे जिल्ला अधिवेशनमा एक जना वडाध्यक्षमाथि कुटपिट भएकाे छ ।
शनिबार भएकाे जिल्ला अधिवेशनमा विवाद हुँदा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले राष्ट्रिय युवा संघको आन्तरिक विवादका कारण देवकोटामाथि कुटपिट भएको जानकारी दिए । उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट भएको हो ।
कुटिएका देवकोटाको टाउकोमा चोट लागेको बताइएको छ । एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए ।

चोट लागेका देवकोटालाई भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका लागि ल्याइएको उनको भनाई छ ।
संगठनभित्रको विवादका कारण कुटपिट भएको भनिएपनि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...