सुदूरपश्चिम प्रदेश अधिवेशनमा लाग्न इन्चार्ज विश्वकर्माको आह्वान

Nisharg hospital

धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज छविलाल विश्वकर्माले सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा खटिन आग्रह गरेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रचार तथा प्रकाशन विभागको बैठकलाई प्रमुख अथितिका रुपमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘प्रदेश अधिवेशन नजिकै आइरहेको छ । पालिकामा प्रतिनिधि छनौट देखि प्राविधिक कुराहरुमा सबै नेता कार्यकर्ताहरू खटिएर लाग्न आग्रह गर्दछु’ उनले भने । उनले अहिले प्रतिक्रियावादी शक्तिले नेकपा एमालेका नेताहरुको नाम जोडेर सामाजिक सञ्जालमा दुस्प्रचार गरिरहेकाले प्रचार तथा प्रकाशन विभागले त्यस्ता गतिविधि गर्नेहरुको पहिचान गर्नुपर्ने बताए ।

Navjiwan hospital adv

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले नेकपा एमाले लोकतान्त्रीक पार्टी भएकाले अबको नेतृत्व पार्टीको छवि अझ उचाइँमा पुगाउने गरी आउने विश्वास ब्यक्त गरे । बैठक भर्चुअल माध्यमबाट गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका प्रचार तथा प्रकाशन विभाग इञ्चार्ज कमला बोहराले सबै जिल्लामा प्रचार तथा प्रकाशन विभाग शसक्त हुनुपर्नेमा जोड दिइन् ।

प्रदेशको प्रचार तथा प्रकाशन विभाग प्रमुख एवम अधिवेशन प्रचार समितिका संयोजक बलदेब रेग्मीको अध्यक्षतामा भएको बैठकमा, पार्टीको प्रचार तथा प्रकाशन विभागका सदस्य हेमन्त पौडेल, प्रेस चौतारीका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज लोग्शरी कुँवर, अध्यक्ष कृष्ण ओली, विभिन्न जिल्लाका प्रचार तथा प्रकाशन विभागका प्रमुखहरु, प्रचार विभागका सदस्यहरुको सहभागिता रहेको थियो ।

बैठकले प्रदेश अधिवेशनलाई भब्यरुपमा सफल पार्नका लागि खटिने निर्णय गरेको छ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २२ तय भएको छ ।

याे पनि हेर्नुस्
Loading...