कृष्णपुर नगरपालिकाले ‘हाम्रो कृष्णपुर’ पढाउन थाल्यो

Nisharg hospital

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यपुस्तक प्रकाशन गरे पढाउन थालेको छ ।

चालू शैक्षिक सत्र २०८० देखि कृष्णपुर नगरपालिकाले ‘हाम्रो कृष्णपुर’ नामक पाठ्यपुस्तक पढाउन सुरु गरेको हो ।

Navjiwan hospital adv

कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुदत्त भट्टले कक्षा एकदेखि आठसम्म आधारभूत तहका लागि पाठ्यपुस्तक तयार पारिएको जानकारी दिए ।

नगर प्रमुख हेमराज ओझाले सुदूरपश्चिम प्रदेशमै आफ्नै पाठ्यपुस्तक निकाल्ने कृष्णपुर पहिलो पालिका भएको दाबी समेत गरे । एक सय पूर्णांकको उक्त ‘हाम्रो कृष्णपुर’ पुस्तक कक्षा एकदेखि कक्षा आठसम्मका विद्यार्थीले अनिवार्य पढनुपर्नेछ ।

नगरप्रमुख ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिकाबारे अझ राम्रोसँग जान्न र बुझ्न यो ‘हाम्रो कृष्णपुर’ पुस्तकले थप टेवा पुग्ने बताए । पालिकाले प्रकाशन गरेको किताब वितरण सुरु गरिएको छ । पालिकामा रहेका संस्थागत तथा निजी विद्यालयमा वितरण गरिएको हो।

याे पनि हेर्नुस्
Loading...