धनगढी उपमहानगरले भन्यो-वर्षा हुनसक्छ, ३ दिन धान नकाट्नुस्

Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिकाले वर्षा हुन सक्ने भन्दै तीन दिन धान नकाट्न नगरवासीलाई आग्रह गरेको छ ।

Navjiwan hospital adv

सोमबारदेखि बुधबारसम्म धान नकाट्न नगरवासीलाई उपमहानगरपालिकाले आग्रह गरेको हो । १७ गते बुधवारसम्म पानी पर्ने सक्ने सम्भावना देखिएकाले नगरभित्रका कृषकहरुलाई सचेत तथा सजग रहन समेत आग्रह गरिएको छ ।

साथै काटेको धानवाली भित्र्याउन र खेतमै रहेको धानबाली तत्काल नकाट्न नगरवासीलाई अनुरोध समेत गरिएको छ । स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले पाकेको धानबाली जोगाउन तत्काल नकाट्न आग्रह गरेको हो ।

याे पनि हेर्नुस्
Loading...