
धनगढी । धनगढीमा निर्माण हुने सडकको गुणस्तर कायम गर्ने विषयमा तीन दिने तालिमको आयोजना गरिएको छ ।

सोमबारदेखि धनगढी उपमहानगरभित्र निर्माण हुने सडकको गुणस्तर कायम गर्ने विषयमा तालिम दिन सुरु गरिएको हो ।
उपमहानगरभित्र कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर तथा असिस्टेन्टहरुका लागि तीनदिने तालिमको आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
सोमबारबाट सुरु भएको सडक निर्माण तथा सुपरिवेक्षण सम्वन्धिको तालिम असोज १७ गतेसम्म चल्नेछ ।