
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।

सरकारले विजनेश नदिदा एक महिनादेखि सञ्चालन हुन नसकेको प्रदेश सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
आजको बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।