धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट ८८० ग्राम चरेससहित एक वृद्धलाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेराबाट ६१ वर्षीय मोतीलाल बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का बासिन्दा हुन् । अस्थायी प्रहरी पोस्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।
बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।