धनगढीमा अनलाइनबाट ठगी गर्ने गिराेहका ९ जना पक्राउ

Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीबाट अनलाइनबाट ठगी गरेकाे आराेपमा ९ जनाकाे समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका – ५ तारानगरमा कञ्चनपुरकाे बेल्डाडी गाउँपालिका-२ बस्ने३० वर्षीय विशाल सुनार समेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएकाे कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले जानकारी दिए ।

Navjiwan hospital adv

उनकाअनुसार पक्राउ पर्नेमा डोटीकाे सिखर  नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतकाे दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार , भारतकाे उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर२४ को निखिल कुमार रहेका छन् ।

यस्तै भारतकाे दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु,  कञ्चनपुरकाे पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय  मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० को विशाल सुनार,  २८ को कमल सुनार र २२ वर्षीय  जयराम सुनाररहेको डीएसपी चन्दले बताए ।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत बिषयमा प्रलोभनमा पारी  पोल्याण्ड लगायतका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

याे पनि हेर्नुस्
Loading...