
धनगढी । कैलालीको चिसापानीबाट प्रहरीले एक गाडी अवैध माछा बरामद गरेको छ ।

नवलपरासी सुस्ताबाट बिल बनाएर अवैध भारतीय माछा ल्याइएको भन्दै दुई हजार ८० किलोग्राम माछा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको माछा परीक्षण र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ । भेटेरिनरी अस्पतालबाट परीक्षणका लागि समय लाग्ने देखिएपछि कैलाली प्रहरीले भन्सार पठाएको जनाएको छ ।
