डोटीमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ३ जना प्रहरीको खोरमा

Nisharg hospital

डोटी । डोटीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Navjiwan hospital adv

जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन जना युवकलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी  कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेका छन् ।
उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ ।

घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...