बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

Nisharg hospital

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । सुनर्या गाउँपालिका–२ स्यागैरमा शुक्रबार बिहान जन्ती बोकेका से १ ज ६८७ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिकाको पत्तालभुमेश्वरतर्फ आइरहेका बेला जिप सडकमा पल्टिएको हो । दुर्घटनामा तीन जना समान्य घाइते भएका छन् ।

घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ बर्षीया डम्मरी भट्ट, १५ बर्षीया पूजा भट्ट र १२ बर्षीय सुशील भट्ट रहेका छन् उनीहरुको अवस्था खतरामुक्त छ । जिप चालक पदमसिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे पनि हेर्नुस्
Loading...