कञ्चनपुरमा शहीद भीमदत्त पन्तको शालिक तोडफोड गर्ने राप्रपाका सचिवसहित १८ जना पक्राउ

Nisharg hospital

धनगढी । कञ्चनपुरमा राज संस्था पुर्नःस्थाापनाको माग गर्दै आन्दोलित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का कार्यकर्ताले शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन् ।

शुक्रबार दिउँसो राजसंस्था पुर्नःस्थापनाको माग गर्दै महेन्द्रनगर बजारमा प्रर्दशन गरेको राप्रपाका कार्यकर्ताहरुले भीम बाटिका उद्यानभित्र प्रवेश गरेर शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक(एसपी) श्याम चौधरीले उद्यानको मूल गेटमा लेखिएको भीम बाटिकाको नाम मेटाउदै उद्यानभित्र प्रवेश गरी शहीद पन्तको शालिक तोडफोड गरेको बताए ।

उनकाअनुसार तोडफोडमा संलग्न राप्रपाका १८ जना नेता कार्यकर्तालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्रपाका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावल लगायतका रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए ।

याे पनि हेर्नुस्
Loading...