धनगढी उडेको श्रीएयरको विमानको इञ्जिनमा आगो देखिएपछि बाटोबाटै फिर्ता

Nisharg hospital

काठमाडौं । धनगढी उडेको श्रीएयरको जहाजको एउटा इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काइएको छ ।

आगो देखिएको इन्जिन बन्द गरी अर्को इन्जिन सञ्चालन गरेर जहाज काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनका अनुसार जहाज काठमाडौंबाट दिउँसो ३ः४३ मा उडेको थियो । ७५ जना यात्रु रहेको विमान ४ः२३ मा काठमाडौं फर्किएको थियो ।

यात्रुलाई अर्को जहाजमार्फत धनगढी लगेको प्रवक्ता झाले जानकारी दिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...