बझाङमा स्थानीयलाई पेस्तोल पड्काउन दिने असई निलम्बन

बझाङ । बझाङमा नियम विपरीत स्थानीयलाई पेस्तोल पड्काउन दिने एक प्रहरी सहायक निरीक्षक(असई) लाई पदबाट निलम्बन गरिएको छ ।

Nisharg hospital

छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा स्थानीयलाई आफ्नो पेस्तोल पड्काउन दिने असई पुस्कल चन्दलाई शुक्रवार निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामिलाई रमाइलोको लागि भन्दै पेस्तोल पड्काउन दिएका थिए ।

हातहतियारको दुरुपयोग गरेको उक्त विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि असईलाई निलम्बन गरेर कारवाही थालिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...