
धनगढी । धनगढीका ‘कुख्यात’ अपराधी भनिने शेख मुनिर अहमद पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयले मुनिरलाई आइतबार पक्राउ गरेको हाे ।

लामो समयदेखि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालयमा पुगेका बेला पक्राउ गरिएको कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए ।

उनका अनुसार एक जनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हाे ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको एसपी पालले बताए । उनी आज एक पुरानो मुद्दाको छलफलका लागि प्रशासन कार्यालयमा आएकै बेला समातिएका हुन् ।
प्रहरीका अनुसार उनीविरुद्ध दर्जनौं मुद्दाहरु जिप्रका कैलालीमा दर्ता भएका छन् । उनीविरुद्ध प्रहरीमा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहार लगायतका मुद्दा रहेको प्रहरीले जनाएको छ ।
