अत्तरियामा अवैध मदिरा नष्ट

Nisharg hospital

धनगढी । कैलालीको अत्तरियामा अवैध मदिरा नष्ट गरिएको छ । गोदावरी नगरपालिका–१ बाट बरामद गरिएको दुई हजार लिटर अवैध मदिरा नष्ट गरिएको हो ।

Navjiwan hospital adv

मालाखेती प्रहरीे, वडाका प्रतिनिधी, उद्योग वाणिज्य संघका प्रतिनिधीले बजार अनुगमनका क्रममा तीन घरबाट सो परिणाममा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो ।

गोदावरी नगरपालिका–१ की ३४ वर्षीया पबित्रा गुरूङ्ग, ३९ वर्षीया तारा थापा र ४१ वर्षीय तिलक गुरूङ्गको घरबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने भाँडा कुडा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ ।

सोहि वडाका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी र मालाखेती प्रहरीको रोहबरमा मदिरा नष्ट गरिएको हो ।

याे पनि हेर्नुस्
Loading...