धनगढीमा वडा प्रहरीद्धारा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २३ लाख रूपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ ।

Navjiwan hospital adv

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधबार धनगढी उपमहानगरपालिका-५ बल्मिकी बोर्डिङ स्कुल आगाडिबाट भारतबाट भन्सार छली गरि ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको स्कारपियो जिपमा अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्कारपियोसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रूपैयाँ बराबरको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...