धनगढीमा बसको ठक्करबाट स्कुटर चालक महिला घाइते

Nisharg hospital

धनगढी । धनगढीमा बसले स्कुटरलाई ठक्कर दिदा चालक घाइते भएकी छन् ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत माया मेट्रो अस्पताल अगाडि बिहीबार दिउँसो दुर्घटना भएको हो ।

Navjiwan hospital adv

जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार से १ ख १००३ नम्बरको बस र से ३ प १२४१ नम्बरको स्कुटर आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा घाइते स्कुटर चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की विमला घिमिरेको माया मेट्रो अस्पतालमा उपचार हुँदैछ ।

बसका चालक धनगढी उपमहानगरपालिका वडा नम्बर २ का भागिराम चौधरी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे पनि हेर्नुस्
Loading...