सुदूरपश्चिम महोत्सव भोलिदेखि, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने 

Nisharg hospital

धनगढी । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शुक्रबार (भोलि) देखि हुने भएको छ ।

अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुँवरले प्रधानमन्त्री दाहालले महोत्सवको दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताएका हुन् ।

Navjiwan hospital adv

त्यसका लागि दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउनेछन् भने उनी शुक्रबार साँझ  काठमाडौँ फर्किनेछन् ।

व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए ।

महोत्सवको प्रत्यक्ष रुपमा कम्तीमा पनि पाँच लाख जनाले अवलोकन गर्ने उद्योग वाणिज्य संघले जनाएको छ ।  संघले झण्डै दुई करोडको लगानीमा महोत्सव सञ्चालन गरिरहेको हो ।  महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर चार सय स्टल रहनेन् ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ । महोत्व स्थलभित्र छट्टै थारु गाउँ समेत बनाइएको छ ।

याे पनि हेर्नुस्
Loading...