धनगढीमा बाल्टीमा लुकाएको अवस्थामा स्रोत नखुलेको पैँसा भेटियो, प्रहरी ‘गन्दै’

Nisharg hospital
krishi add

२८ भदौ, धनगढी । धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा घरमा लुकाएको अवस्थामा स्रोत नखुलेको भारतीय रुपैयाँ भेटिएको छ । फूलबारीस्थित एच गाउँका ३२ वर्षीय हिरा बिकको घरमा बाल्टीमा लुकाएको अवस्थामा भारतीय रुपैया भेटिएको प्रहरीले जनाएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बिकको घरमा बाल्टीमा लुकाएको अवस्थामा भारतीय रुपैयाँ भेटिएको बताए । उनकाअनुसार अहिले प्रहरीले पैँसा गनिरहेकाले जम्मा बरामद भएको रकम कति हो ? भनेर खुलेको छैन ।

केही दिन अघि मात्र भारतबाट घर फर्किएका बिकले उक्त रकम चोरेर ल्याएको हुनसक्ने आशंका गरिएको छ । हाल उनी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...