
धनगढी । नरेन्द्र थापा (सहवीर) नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्त बनेका छन् ।

थापालाई मंगलबार स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नियुक्त गरिएकाे हाे । थापाले यसअघि नेपाल स्काउटकाे सुदूरपश्चिम प्रदेशक तदर्थ समिति संयोजक भएर समेत काम गरिसकेका छन् ।
स्काउटले सुदूरपश्चिममा अनौपचारिक शिक्षा, सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा केन्द्रीत अभियान र कार्यक्रमहरु गर्दै आइरहेकाे छ ।
