अछाम । अछाममा जिप दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप आज बिहान दुर्घटनामा भएको हो ।
प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन् । ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । लुंग्राबाट साँफेबगर जाने क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।
घाइते सबैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको बताइएको छ। जिपमा विद्यार्थी समेत रहेका थिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।