धनगढी। कैलालीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।
गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद घरमा कोही नभएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन् ।
उनी आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा सोही झुलामा लट्पटिएर घाटीमा पर्न गएको अवस्थामा फेला परेकी थिइन ।
शुक्रबार बिहान ती बालिका मृत अवस्थामा फेला परेकी हुन। यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।