धनगढी । कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन् ।
गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार ९ फागुनदेखि सम्पर्कविहिन भएकी हुन् । उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए ।
सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए ।
उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताए । भारतमा रहेका सुनीताका श्रीमान भने उनी हराएपछि घर आएको विनोदले बताए । सुनिताका ४ छोराछोरी छन् ।