पदभार ग्रहण गर्दै अध्यक्ष ढुंगानाले भने– नेताले गुटबन्दी होइन, मर्यादामा बस्नुपर्छ

नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ

Dhangadhi

धनगढी । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

Nisharg hospital

सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रम जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित यज्ञराज ढुंगानासहितका पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढुंगानाले पदभार समेत ग्रहण गरेका छन् ।

ok

पदभार ग्रहण गर्दै ढुंगानाले एमालेभित्र नेतृत्व पंक्तिमा बस्ने नेताहरुले गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले आफूलाई रोक्न अधिवेशनमा समेत काठमाडौँबाट आएर नेतृत्व पंक्तिमा बस्ने नेताहरुले गुटबन्दी गरेको बताए ।

‘काठमाडौँदेखि आएर नेताहरुले होटलमा बसेर गुटबन्दी गर्नुभयो तर मैले मेरा नजिकका नेतालाई मेरो पक्षमा मत मागिदिनुहोस् भनेन आफै फिल्डमा गएको थिए,’ ढुंगानाले भने, ‘त्यसैले नेताहरुले पनि आत्मासम्मान र मर्यादामा बस्न जरुरी हुन्छ ।’

तर अधिवेशनमा नेताका कारण देखिएको गुटबन्दीलाई आफू निरन्तरता दिने पक्षमा नभएको समेत उनको भनाई थियो ।

अधिवेशनमा जुनसुकै समूहबाट निर्वाचित भएर आएपनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा रहेको उनको भनाई थियो ।

घोडाघोडी नगरपालिकाको सुखडमा ६ फागुनमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट प्रतिद्धन्द्धी डेजी पाण्डेलाई ६९ मतले पराजीत गर्दै ढुंगाना अध्यक्षमा विजयी भएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...