धनगढी । कैलाली प्रहरीले सोमबार एकैदिन विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरि जल्ला अदालत कैलालीमा पेश गरेको छ ।
यी हुन् पक्राउ परेका प्रतिवादी
१.बहु बिहाह मुद्दाका जिल्ला कैलाली धनगढी उ.म.न.पा. १२ बस्ने बर्ष २९ को दिल बहादुर थापा, १(एक) बर्ष कैद र रु. ५,०००।– (पाँच हजार) जरिवाना,
२.ला.औ. नाईट्राभेट र खैरो हिरोईन मुद्दाका जिल्ला कैलाली धनगढी उ.म.न.पा. ०१ बस्ने बर्ष २८ को शम्भु सेवा, १६(सोह्र) दिन कैद,
३.ला.औ.खैरो हिरोईन मुद्दाका जिल्ला कैलाली धनगढी उ.म.न.पा. ०१ बस्ने बर्ष २२ को बिबेक नेपाली, ११(एघार) दिन कैद,
४.ला.औ. नाईट्राभेट मुद्दाका जिल्ला कैलाली धनगढी उ.म.न.पा. ०८ बस्ने बर्ष ४० को भक्तु राना, १९(उन्नाईस) दिन कैद,
५.नाता कायम मुद्दाका टिकापुर न.पा. ०९ ब्लक नं. ०६ बस्ने बर्ष ३२ की आस्था कुवँर, रु. २५०।– (दुई सय पचास) जरिवाना,
६.चेक अनादर मुद्दाका जिल्ला कैलाली जानकी गा.पा. ०८ बस्ने बर्ष ४२ को पृप बहादुर भण्डारी, रु. १,०००।– (एक हजार) जरिवाना,
७.चेक अनादर मुद्दाका जिल्ला कैलाली टिकापुर न.पा. ०९ बस्ने बर्ष ४४ को तुल बहादुर धामी, रु. १,०००।– (एक हजार ) जरिवाना,
८.चेक अनादर मुद्दाका जिल्ला कैलाली टिकापुर न.पा. ०१ बस्ने बर्ष ४१ की शोभा सिंह ठकुरी, रु. १,८००।– (एक हजार आठ सय) जरिवाना)