आरटिआई कैलालीको अध्यक्षमा पत्रकार उपाध्याय सर्वसम्मत

Nisharg hospital

धनगढी । “सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । प्रत्रकार दिपक उपाध्यायको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति बनेको छ ।

कार्यसमितिको अध्यक्षमा दिपक उपाध्याय, उपाध्यक्षमा विजया राना ,महिला उपाध्यक्षमा सरिता कठायत ,सचिवमा प्रिन्सीका सिंह, कोषाध्यक्षमा कमला तिम्सिना र सदस्यमा लवदेव धामी, बिरेन्द्र सिंह, देवराज अवस्थी , बिष्णु कुमारी बुढा, कामदेव ओझा, सुरेश भूल , निर्मला बिक चयन भएका छन् ।

कैलाली जिल्लाको दोस्रो अधिवेशनमा आरटिआईका राष्ट्रिय अध्यक्ष उमिद बागचन्द, राष्ट्रिय सदस्य श्रवण देउवा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज जोशी, लगायत प्रदेश कमिटीका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो  ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...