कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

धनगढी— कैलालीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

Nisharg hospital

सवारी ज्यान मुद्दामा २ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका—१४ बस्ने डबल पल्लीमगर, वन मुद्दामा १२ दिन कैद सजाय र ४ हजार ९९२ रुपैयाँ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका—१० बस्ने मोहन राना र वन मुद्दामा १२ दिन कैद सजाय र ४ हजार ९९२ रुपैयाँ जरिवाना ठहर भएका गोदावरी नगरपालिका—९ बस्ने प्रलाद राना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका फरार प्रतिवादीहरुलाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...