कैलालीमा बाढी घटेपछि जनजीवन समान्य बन्दै, प्रभावितहरु घर फर्किन थाले

Kailali hospital
Nisharg hospital

२ असोज, धनगढी । कैलालीमा अविरल वर्षापछि आएको बाढीका कारण प्रभावित भएकाहरु अवस्था समान्य बन्दै गएपछि घर फर्किन थालेका छन् ।  पूर्वी कैलालीमा विभिन्न नदीको बाढी बस्तीमा पस्दा घर डुबानमा परेपछि विस्थापित भएकाहरु बाढी रोकिएपछि पुनः घर फर्किन थालेका हुन् ।

Navjiwan hospital adv

‘बाढी घटेर अवस्था समान्य भएका स्थानहरुमा मानिसहरु घर फर्किन थालिसकेका छन,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने, ‘कतिपय ठाउँमा अहिले पनि पानी जमेकाले सार्वजनिक भवन, विद्यालय र आफन्तकोमा बसिरहेका छन् । विस्तारै अवस्था समान्य बन्दै गएको छ ।’

शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले कैलालीमा करीब १५ सय घर डुबानमा परेपछि झण्डै ६ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ ।

जिल्लामा बाढीले बगाएर एक जनाको मृत्यु र घर भत्किदा दुई जना घाइते बाहेक थप मानवीय क्षति नभएको प्रहरी प्रशासनले जनाएको छ ।

 

याे पनि हेर्नुस्
Loading...