कैलालीमा बेपत्ता युवक मृत भेटिए

Dhangadhi

२ असोज, धनगढी । कैलालीमा घरबाट बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको भजनी नगरपालिका–९ पहलमान टोलका २५ वर्षीय विनोद राजी मृत अवस्था भेटिएको स्थानीय प्रशासनले जनाएको छ ।

Nisharg hospital

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले राजी सोमबार घर नजिकै नालाको पानीमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार राजी स्थानीय झरनैया नालामा मृत भेटिएका हुन् । उनी राजी भदौ ३१ गते राति २ बजे घरबाट बेपत्ता भएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...