सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नाउपाकाे पनि दाबी

Nisharg hospital

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा सरकारकाे नेतृत्व लिनगरि अगाडि बढ्ने विषयमा छलफल थालेकाे छ ।

बुधबार नाउपाका संरक्षक रेशम चाैधरीकाे उपस्थितिमा आर्थिक मामिला मन्त्री घनश्याम चाैधरीकाे सरकारी निवासमा सांसदहरूबीच प्रदेश सरकारकाे नेतृत्व लिनेगरि अघि बढ्ने विषयमा छलफल भएकाे हाे ।

“नयाँ गठबन्धनमा मुख्यमन्त्री हाम्रो बटमलाइन हाे । संरक्षक ज्यूले सरकार नेतृत्व लिनेगरि एकमत भएर अघि बढ्न हामीलाई सुझाव दिनुभएकाे छ,” छलफलमा सहभागी सामाजिक विकास मन्त्री लक्ष्मणकिशाेर चाैधरीले भने, “अर्काे चरणमा फेरि बसेर निष्कर्षमा पुग्ने कुरा भएको छ ।” उनले संरक्षकसहितकाे बैठकमा याे बीचमा भएका घटनाक्रमकाे समेत समीक्षा भएकाे बताउँदै अब एकमत भएर अघि बढ्ने कुरामा छलफल केन्द्रीत भएकाे सुनाए ।

छलफलमा नाउपाले प्रदेश सभा सदस्यबाट पदमुक्त भएकी इन्दिरा गिरीसहितका सबै सांसद सहभागी थिए । संघमा नयाँ समीकरण बनेपछि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चाैधरीबीच विवाद सिर्जना भएकाे थियाे ।

रञ्जिता सुदूरपश्चिममा नयाँ गठबन्धनकाे पक्ष र रेशम कांग्रेसकाे पक्षमा उभिएका थिए । रेशमकाे जाेडबलमा नाउपाका ७ मध्ये ५ जनालाई मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री बनाएका थिए ।

तर रञ्जिता पक्षका कैलाश र टीका थापा शाहलाई विश्वासको मत नदिने पक्षमा उभिएपछि उनले २२ चैतमा पदबाट राजीनामा गरेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...